नियम ३५
अस्थायी उम्मेदवारको सूची प्रकाशन गर्ने
(१) ऐनको दफा ३६ तथा नियम ३१ बमोजिम अन्तिम नतिजा प्रकाशन गर्दा अस्थायी नियुक्तिको प्रयोजनको लागि समेत योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अस्थायी योग्यताक्रमको सूची प्रकाशन गर्दा खुला प्रतियोगिता तर्फ अन्तर्वार्तामा समावेश भएका तर वैकल्पिक उम्मेदवारको सूचीमा समावेश हुन नसकेका र लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट हुन नसकेका तर उत्तीर्णाड्ढ प्राप्त गरेका उम्मेदवारहरूमध्येबाट योग्यताक्रमको आधारमा माग गरिएको पद सङ्ख्याको बीस प्रतिशतसम्म उम्मेदवारहरूको नाम समावेश गर्नु पर्नेछ ।
तर बीस प्रतिशतसम्म उम्मेदवारहरूको नाम समावेश गर्दा एकजना मात्र उम्मेदवार हुने भएमा कम्तीमा दुई जना उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
(२क) उपनियम (१) वा (२) बमोजिम अस्थायी नियुक्तिको प्रयोजनको लागि सूची प्रकाशन गर्दा प्रयोगात्मक परीक्षा हुने पदको हकमा त्यस्तो परीक्षामा उत्तीर्णाड्ढ हासिल नगर्ने उम्मेदवारको नाम समावेश गरिने छैन ।
(३) नियम ३६ को उपनियम (३) को अवस्थामा बाहेक यस नियम बमोजिम प्रकाशन भएको सूची सोही पदको अर्को विज्ञापनको नतिजा प्रकाशन नभएसम्म कायम रहनेछ ।